त्रिशूलीमा ट्याक्सी खस्दा बेपत्ता युवक मृत भेटिए

चितवन | चैत २१, २०८०

त्रिशूलीमा ट्याक्सी खस्दा बेपत्ता युवक मृत भेटिए तस्बिर फाइल

चितवन:    त्रिशूली नदीमा ट्याक्सी खस्दा बेपत्ता रहेका एक जना युवक मृत फेला परेका छन्। गोरखा नगरपालिका-७ पौवाखेतका १८ वर्षीय विवश रोकाको शव भेटिएको हो।


उनको शव बुधबार बिहान सवा ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। आफन्तलाई बोलाएर उनको सनाखत समेत भइसकेको छ।


गत शनिबार बिहान ६ बजे इच्छाकामना गाउँपालिका–५ सिमलधारा नजिकै पृथ्वी राजमार्ग सडकखण्डमा काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेको थियो। बा २ ज ४१९६ नं. को दुर्घटना हुँदा ट्याक्सीमा सवार ५ जनाको शव फेला परेको थियो।


मुचुल्का गरी शव परीक्षणका लागि गोरखा अस्पतालमा पठाइएको छ। दुर्घटनामा गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल, ७० वर्षीया जुनमाया रोका, २८ वर्षीया अन्जना रोका, वडा नम्बर ७ फिनामका ४१ वर्षीया हरिमाया रोका र ९ वर्षीय आगमन नगरकोटीको मृत्यु भएको थियो।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्